बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर

डिसी नेपाल
१५ असोज २०८२ १३:३७
28
Shares

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.