जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

डिसी नेपाल
१५ असोज २०८२ १४:०४
100
Shares

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरलाई परिचयपत्र वितरण गरेका हुन्।

दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन्। घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन्।

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए। दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका दैलेख भगवतीमाई गाउँपालिका१ का २८ वर्षीय बस्नेतको टाउकोमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्यरो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.