मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बर्दिया । मधुवन नगरपालिका–६ स्थित गाउँ नम्बर ४ हुलाकी सडकमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि बस्ने राजापुर नगरपालिका–४ अनन्तपुरका ४९ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ।
गम्भीर अवस्थामा रहेका जिसीको जिल्ला अस्पताल गुलरियामा उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ।
चालक त्यही ठाउँका ३० वर्षीय तिलक पुरीको अवस्था सामान्य रहेको छ। लु प्र ०३००१प २०३१ नम्बरको मोटरसाइकलमा राजापुर हुँदै गुलरियातर्फ आउँदै गरेको अवस्थामा उक्त घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment