सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

डिसी नेपाल
१६ असोज २०८२ १८:२८
136
Shares

झापा। बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए। दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.