पाँचथर दुर्घटनाका ६ जनाको उद्धार
पाँचथर । शनिबार बिहान पाँचथरमा दुर्घटना भएको जिपमा सवार ६ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये पाँच जनालाई थप उपचारका लागि धरानतर्फ पठाइएको छ। घाइते एक जनालाई जिल्ला अस्पतालमा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
थपको उद्धार प्रयार जारी छ। केही मानवीय क्षति भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। जिपमा ११ जना सवार भएको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment