तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

डिसी नेपाल
१८ असोज २०८२ १४:२५
2.0k
Shares

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ।

तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए। घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ।

यात्रुहरुको विवरण आइसकेको छैन्। घट्ना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए।

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.