मेची राजमार्गमा सवारी आवागमन बन्द

डिसी नेपाल
१८ असोज २०८२ १५:१७
88
Shares

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुंगको सुकेटारसम्म एवं मेची कोरिडोरको केचना कञ्चनजंघा सडकमा रात्रिकालिन सवारी आवागमन बन्द गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भईरहेको हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा सम्भावित विपद्धन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न अर्को सूचना जारी नभए सम्मको लागि मेची राजमार्गमा सवारी आवागमन बन्द गरिएको हो।

जस अन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङ्गको सुकेटारसम्म एवं मेची कोरिडोर केचना–कञ्चनजंघा सडक मा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारीसाधन आवागमन पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सूचनामा उल्लेख छ।

साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर र साना सवारी साधन टनभन्दा कम भएकाहरुले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.