सर्लाहीमा विद्युत् आपूर्ति ठप्प
सर्लाही । हावाहुरी तथा चट्याङका कारण सर्लाहीमा बिहानै देखि विद्युत अवरुद्व भएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर–मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
जिल्लामा रहेका मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्रमा हावाहुरी तथा चट्याङका कारण समस्या आएको र जिल्ला नै अन्धकार बन्न पुगेको छ।
प्राधिकरणले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिसकेको र मर्मत कार्य पूरा भएपछि लाइन पुनः सुचारु हुने जानकारी दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment