बुद्धका सबै उडान रद्द

डिसी नेपाल
१८ असोज २०८२ १५:४५
160
Shares

काठमाडौं । मौसम प्रतिकूलताका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ।

बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जनाएको हो।

उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.