धनगढीमा बसको ठक्करबाट एक जनाको मृत्यु
धनगढी । धनगढीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। पोखरातर्फ जाँदै गरेको ग २ ख १९०७ नम्बरको यात्रुबाहक बसले धनगढी उपमहानगरपालिका-३ चटकपुरमा पैदल यात्रुलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका घाइते भएका पैदलयात्री ६० वर्षीय गणेश शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार पैदल यात्रुलाई ठक्कर दिएको बस अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी घाइते भएका बसमा सवार १९ यात्रुको उपचार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment