बाजुराकी संगीता एक महिनादेखि भारतबाट सम्पर्कविहीन
बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन्। बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन्।
उनी हराएको महिनौं वितिसक्दा पनि परिवारको सम्पर्कमा आउँन सकेकी छैनन्। लामो समयसम्म पनि उनी सम्पर्क नआउँदा उनका अभिभावकले मिडिया र सामाजिक सञ्जालमार्फत छोरीको खोजीका लागि आग्रह गरेका छन्।
ल्वारले आफु हराए पछि घरतर्फ फोन वा अन्य माध्यमबाट कुनै सम्पर्क समेत गरेकी छैनन्। छोरीसँग अन्तिम पटक फोनमा कुरा भएको लामो समय भयो, त्यसपछि उनको कुनै सम्पर्क छैन् ल्वारका बुबाआमा गोरे ल्वार र सुन्तला ल्वारले बताए।
अहिले छोरीको मोबाइल अफ छ। मोबाइल अफ भएको पनि लामो समय भयो तर छोरी कसैको सम्पर्कमा नरहेको उनका आमाबुबाले बताएका छन्। परिवारका सदस्यहरूले प्रहरीमा उजुरी दर्ता गरी खोजी कार्य अघि बढाइरहेका छन्।
परिवारका सदस्यले स्थानीय प्रशासन र प्रहरीसँगै भारतस्थित नेपाली दूतावासमार्फत पनि सहयोगको अपिल गरेका छन्। यता उनकै गाउँका स्थानीय युवाहरूले पनि सामाजिक सञ्जालमार्फत खोजीका लागि अभियान सुरु गरेका छन्।
भारतमा रहेका नेपाली संघसंस्थाहरूसँग समन्वय गरेर युवाहरुले लवारको खोजी कार्यमा सहयोगका साथ सबैमा हार्दिक लागि अपिल समेत गरेका छन्।
ल्वार भारतको सामापूरी सालीमार्गाजन शिरचोक भन्ने ठाउँबाट भाद्र २० गते साँझ ७ बजेको आसपासमा एक जना अपरिचित व्यक्तिले मोटरसाइकलमा लगेको १० वर्षका आफ्नो फुपूको छोराले देखेको र त्यो दिनदेखि सम्पर्कमा नआएको बताइएको छ।







डिसी नेपाल







Facebook Comment