हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध हुनसक्ने सम्भावना

डिसी नेपाल
१८ असोज २०८२ १७:४३
80
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको सूचनाअनुसार, विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवानको जोखिम बढेको जनाएको छ।

यसको मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले विद्युतीय संरचनाहरूमा सम्भावित क्षति रोक्नका लागि सबै कर्मचारी तयारी अवस्थामा रहेको र विद्युत सेवा अवरुद्ध भएमा यथासक्य छिटो मर्मत गरेर सेवा पुनःसञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन्।

प्राधिकरणले उपभोक्ताहरूलाई प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै बस्न, आकस्मिक अवस्थाबाहेक आवत जावत नगर्न, विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ।

साथै, विद्युत सेवा अवरुद्ध वा संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न र प्राधिकरणको हटलाइन नम्बर ११५० वा स्थानीय नो–लाईट नम्बरमा जानकारी दिन आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.