निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गर्नुपर्छ : मन्त्री खनाल

डिसी नेपाल
२७ माघ २०८२ १८:२९
32
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गर्दै संघीयता, गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोह समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले वर्तमान सरकारको लक्ष्य निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गर्नुभएको भन्दै निर्वाचनपछि संघीयता, गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका हुन्।

लोकतन्त्रलाई संस्थागत भएमात्रै आदिवासी जनजातिको अधिकारको रक्षा हुने उनको भनाइ छ । मन्त्री खनालले केन्द्रमा अधिकार राखेर संघीयताले काम गर्न नसक्ने उल्लेख गर्दै यसमा सवैले ध्यान दिनुपर्ने बताए ।

आगामी निर्वाचनले संघीयता, गणतन्त्र, लोकतन्त्र संस्थागत गर्न सके सबै जातजातिहरूको अधिकार, सबै जातजातिहरूको विकासको चाहना पुरा हुने उहाले धारणा राखे।

उनले आदिवासी ज्ञान सम्मेलनमा भएका छलफलको आधारमा सरकारी नीतिमा गर्नुपर्ने सुधार, स्रोतको विनियोजनमा गर्नुपर्ने सुधारको विषयमा सरकारले ध्यान दिने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *