लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता

डिसी नेपाल
१८ असोज २०८२ २२:५०
108
Shares

रसुवा। लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन्। भक्तपुरबाट शुक्रबार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो।

गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ का २५ वर्षीय संस्कृति श्रेष्ठ, २५ वर्षे किसन श्रेष्ठ, २५ वर्षीय सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षे रवी श्रेष्ठ छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.