इलाममा मात्रै १८ जनाको मृत्यु

डिसी नेपाल
१९ असोज २०८२ १२:०६
20
Shares

विराटनगर। इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ।

त्यस्तै, माङसेवुङ गाउँपालिका- १, पाटीगाउँका तीन, देउमाई नगरपालिका-५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका- ३, रातमाटेका एक र इलाम नगरपालिका-५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले जानकारी दिए।

त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ।

कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन्। अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.