कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण

डिसी नेपाल
१९ असोज २०८२ १५:४०
24
Shares

विराटनगर। लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन्।

मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ।

प्रमुख अवरुद्ध सडकहरूः

पाँचथर : फाल्गुनन्द-३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम-३, लालीखर्क, तुम्वेवा-२ (नावा खोला), फालेलुङ-८ (आकाशे भञ्ज्याङ),

फिदिम-११ (फेमे खोला), याङवरक-२ (दोभाने खोला), याङवरक-३ (रिजाल भिर), फिदिम-१२ (पिपलबोटे)

उदयपुर : कटारी-१४ (दलदले सडक, चनौटे)

धनकुटा : साँगुरीगढी-१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास–४,–५ (पाख्रिबास, दिकुरे)

संखुवासभा : मकालु-३ (एकुवा)

सुनसरी : धरान-१३ (विष्णुपादुका)

इलाम : इलाम-९ (राजदुवाली)

धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन्। सडक अवरुद्धका कारण यातायात पूर्ण वा आंशिक रूपमा ठप्प भएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार, निगरानी र ढलान÷मर्मत कार्यमा खटिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.