कविता : अब के छ नेपालमा

शंकरप्रसाद रिजाल
२५ असोज २०८२ ६:५२
204
Shares

नेपाल एउटा सानो तर अतिनै सुन्दर देश
विश्वको मानचित्रमा लुकीछिपी बसेको देश
उत्तरमा सेता हिउँले टलक्क टल्किएको देश
दक्षिणमा हरिया धानका बाला झुलेको देश।

आहा! क्या राम्रो देश मेरो देश नेपाल देश
वीर गोर्खालीहरुले जोगाएको हाम्रो देश
उत्तरमा बिशाल चीन, दक्षिणमा भारत देश
बीचमा नेपाल नाकको नत्थी जस्तो देश।

यस्तो देशमा आज नेपालीहरुको कस्तो भेष
सधैं आन्दोलन गरी समय बिताउने देश
सेवा के हो भन्ने नजान्ने नेताहरुको देश
जनताको शिर्जन शिलतालाई कुल्चने देश।

सहकारीमा जम्मा गरेको जनताहरुको
अरबौं बचत रकम लुट्ने धुन्दुकारीको देश
नेताहरुले मनपरी शासन गर्ने अनाथ देश
भ्रष्टाचार गरी गरी नेता मोटाउने देश।

यो कस्तो देश मेरो देश सानो देश
जताततै आन्दोलनले खरानी भएको देश
घर, महल प्रहरीबिट र कार्यालय जलेको देश
व्यबस्थापिका, कार्यपालिका न्यायपालिका
र राष्ट्रपति भवन जलेको देश।

सारा व्यापारिक केन्द्र भाटभटेनी जलेको देश
दुई दिनमै दर्जनौं युवा युवतीहरु मारिने देश
सयौं भाइबहिनीहरु घाइते भइ अपांग हुने देश
बर्सातले डुबेको देश जतातै पहिरो जाने देश।

यो कस्तो देश सानो देशको किन यस्तो भेष
भएको शासन सत्ता घरी घरी फ्याँकिइरहने देश
संसद बिघटन भइ शासन शून्य भएको देश
काम नलाग्ने संविधानको किताब बोकने देश।

दौरा हल्लाइ, गणतन्त्र, लोकतन्त्र रटने देश
नपढेका नेताहरुको झुन्डले चलाएको देश
पढेका विद्वानहरु मुकदर्शक र मुर्ख बनेको देश
के पढ्ने के लेख्ने र के हेर्ने भनी अल्मलिएको देश।

को पढ्ने,को लेख्ने र को हेर्ने भनि टोलाएको देश
सबै कुरा अस्त ब्यस्त भएको हाम्रो देश
खै कहिले बिकास होला भनी कुरिरहेको देश
खै कहिले विकास होला भनी कुरिरहेको देश।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.