एएफसी एसियन कप छनोटः नेपाल भियतनामसँग पराजित

डिसी नेपाल
२३ असोज २०८२ २२:०५
120
Shares

काठमाडौं। एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।

भियतनाको हो चिमिन सहरको गो डाउ रंगशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो। जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ। मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन छ। नेपालले यसअघि मलेसियासँग २-० र लाओससँग २-१ गोलको हार बेहोरेको थियो।

भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक/एक गोल गरे। नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए। खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको १७औँ मिनेटमै सनिशले गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए।

दोस्रो हाफमा भियतनामले दुई गोल गर्‍यो। मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.