एएफसी एसियन कप छनोटः नेपाल भियतनामसँग पराजित
काठमाडौं। एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।
भियतनाको हो चिमिन सहरको गो डाउ रंगशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो। जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ। मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन छ। नेपालले यसअघि मलेसियासँग २-० र लाओससँग २-१ गोलको हार बेहोरेको थियो।
भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक/एक गोल गरे। नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए। खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको १७औँ मिनेटमै सनिशले गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए।
दोस्रो हाफमा भियतनामले दुई गोल गर्यो। मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।







डिसी नेपाल








Facebook Comment