एनपीएलमा आज दुई खेल: वर्षाका कारण प्रभावित हुन सक्ने जोखिम
काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेल हुने तालिका रहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।
यसैगरी, दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। यो खेल अपराह्न ४:३० बजे तय गरिएको छ। यद्यपि, विगत दुई दिनदेखि भइरहेको लगातारको वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने सम्भावना रहेको छ।
जारी लिगमा लुम्बिनी र चितवनले आ-आफ्नो एक-एक खेलमा जित निकालेका छन्। अर्कोतर्फ, विराटनगरले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले एक खेलमा जित र एक खेलमा पराजय भोगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment