एनपीएलमा आज ‘म्याच डे ब्रेक’: भोलि शनिबार कीर्तिपुरमा दुई रोमाञ्चक भिडन्त हुँदै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल तालिका राखिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले आजका लागि प्रतियोगितामा विश्राम (ब्रेक) को दिन तय गरेको हो।
भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्। शनिबारको पहिलो प्रतिस्पर्धामा बिहान १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
यसै गरी, शनिबार नै हुने दोस्रो खेलमा साँझ ५:०० बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच कडा प्रतिस्पर्धा हुनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment