बिहान-बेलुका चिसो, दिउँसो गर्मी
सर्लाही। सर्लाहीसहित तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ।
मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो। मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन्।
उनीहरूका अनुसार रुघाखोकी, ज्वरो, एलर्जी जस्ता समस्या फैलिन सक्ने भएकाले स्वस्थ आहार खान, धुलो–धुँवाबाट बच्न र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ।
सर्लाहीमा एक साताअघि केही दिनसम्म परेको झरीपछि निरन्तर मौसम सफा रहँदै आएको छ। अहिले दैनिक घाम लाग्ने क्रम जारी छ। मौसम अनुकूल बनेपछि धान पाकेका खेतमा किसानहरू भित्र्याउने काममा व्यस्त छन्।
अन्य बाली रोप्ने किसान पनि खेतीपातीमा जुटेका छन्। चिकित्सकहरूले हावामा धुलो र धुँवाको मात्रा क्रमशः बढ्दै जाने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन्।







डिसी नेपाल








Facebook Comment