नेपाल वायुसेवा निगमद्वारा ध्यानाकर्षण

डिसी नेपाल
२८ असोज २०८२ १४:२६
48
Shares

काठमाडौं। नेपाल वायुसेवा निगमले यात्रु संख्या कम भएको कारण अक्टोबर १९ को काठमाडौं-ग्वाञ्जाओ उडान रद्द गरिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए। उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ।

निगमले काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ-काठमाडौंं उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ।

यसैगरी, २३ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ-काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ।

उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ। निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *