दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

डिसी नेपाल
३१ असोज २०८२ १३:१४
36
Shares

रामेछाप। दोलखाको वैतेश्वर गाउँपालिका३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो। आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.