दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु
रामेछाप। दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो। आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment