रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेलकुद सामग्री, वाटर डिस्पेन्सर र डेस्क–बेन्च वितरण

डिसी नेपाल
१५ कार्तिक २०८३ ९:१८

रूपन्देही । रूपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयलाई खेलकुद सामग्री, वाटर डिस्पेन्सर तथा डेस्क–बेन्च वितरण गरेको छ।

गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै आएको छ। उनले विद्यालयहरूले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।

पालिकाले विद्यालयको आवश्यकताअनुसार खानेपानी, फर्निचर, खेलकुद सामग्रीलगायत भौतिक पूर्वाधारमा सहयोग गर्दै आएको छ। शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्ने अध्यक्ष यादवको भनाइ छ।

विद्यालयमा आवश्यक सुविधाको व्यवस्था गरी शिक्षण तथा सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले पालिकाले सहयोग कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *