इरानी आक्रमणबाट अमेरिकी सैन्य बेसहरूलाई अर्बौँ डलरको क्षति
काठमाडौं । अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ले आफ्नो एक रिपोर्टमा उल्लेख गरे अनुसार पेन्टागनको अनुमान अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरूमा इरानको मिसाइल र ड्रोन आक्रमणबाट कम्तीमा पाँच अर्ब डलरको क्षति भएको छ।
यो आँकडा बढेर १५ अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। रिपोर्ट अनुसार, युद्धको सुरुवाती चरणमा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य बेसहरूलाई ठूलो क्षति पुगेको थियो।
वाल स्ट्रिट जर्नलका अनुसार इरानको आक्रमणमा सात फरक-फरक देशहरूमा रहेका अमेरिकाका २७४ सैन्य संरचना/ठेगानाहरूमा क्षति पुगेको छ। यी क्षतिग्रस्त बेसहरूको पुनर्निर्माणमा मात्रै चार अर्ब डलरभन्दा बढी खर्च हुन सक्छ।
पत्रिकाले लेखेको छ – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सैन्य बेसहरूमा भएको क्षतिबारे धेरै कम जानकारी मात्र सार्वजनिक गरेको छ। उता, भूउपग्रह (स्याटेलाइट) तस्बिरहरूको जाँचबाट पनि क्षतिको पूरा विवरण बाहिर आउन नसक्ने सम्भावना छ।
इरानविरुद्धको युद्धमा अमेरिकाको हालसम्म ४७ अर्ब डलरभन्दा बढी खर्च भइसकेको ताजा अनुमान गरिएको छ। यद्यपि, यो आँकडामा अमेरिकी सैन्य बेसहरूमा भएको भौतिक क्षति समावेश गरिएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment