ग्लोबल आइएमई दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित

डिसी नेपाल
२ कार्तिक २०८२ १०:४१
12
Shares

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ।

अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो।

यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन्।

उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वास, साथ र सहयोगले नै बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ।’

आगामी दिनहरूमा पनि ग्राहकमैत्री सेवा विस्तार, नवप्रवर्तन र वित्तीय पहुँच वृद्धि गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा देशव्यापी शाखा सञ्जाल विस्तार गर्दै डिजिटल बैंकिङ प्रवद्र्धनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यस मान्यताले बैंकको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा अझ मजबुत बन्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *