न्यूरोड, असन र इन्द्रचोकमा तिहारको किनमेल गर्नेको भीड (तस्विरहरू)

डिसी नेपाल
२ कार्तिक २०८२ २०:३४
72
Shares

काठमाडाैं। तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र इन्द्रचोक किनमेल गर्ने मानिसको भीडले भरिएका छन्।

बिहानदेखि बेलुकीसम्म ती ठाउँहरूमा सर्वसाधारण, व्यापारी र उत्सव मनाउनेहरूबीच चहलपहल उल्लेखनीय देखिएको छ। दियो, माला, लत्ताकपडा र सजावटका सामानहरू किन्न आउने ग्राहकले बजारलाई साँघुरो बनाइरहेका छन्।

विशेषगरी धनतेरस र लक्ष्मीपूजाको लागि आवश्यक पर्ने सामग्री-सुनचाँदीका गहना, मिठाई, फूलमाला, रङ्गोली र बत्तीहरूको बिक्रीमा तीव्र वृद्धि देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.