सुदूरपश्चिमाञ्चल साहित्य समाजले मनायो देवकोटा जयन्ती

डिसी नेपाल
३ कार्तिक २०८२ ९:४२
56
Shares

धनगढी। सुदूरपश्चिमाञ्चल साहित्य समाजले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्म जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्त्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनको जन्म जयन्तीका अवसरमा समाजले रचना वाचनका साथै विविध कार्यक्रमका साथ मनाएको हो।

देवकोटाको योगदानको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि गणेश राज जोशीले उनी मानवतावादी लेखक भएको बताए। उनी युगले जन्माएको कवि भएको जोशीको भनाइ छ। उहाँ मानवतावादी लेखक भएको उहाँका रचनाबाट पुष्टि हुन्छ। उहाँ सडकमा रात गुजार्ने मानिसलाई कति चिसो हुँदोरहेछ भनेर आफू पनि सडकमै रात विताउन पुग्नुहुन्थ्यो रे,’ उनले भने।

नेपाली साहित्यमा स्वच्छन्दतावादीप्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कने उनको भनाइ छ। उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ,’ जोशीले भने।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियता चिनाएका छन्।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता भएको समाजका अध्यक्ष रामलाल जोशीले बताए।

कार्यक्रममा साहित्यकार गणेश नेपाली, पूर्णबहादुर मल्ल, सरिता जोशी, सरिता ताम्राकार, शैलेन्द्र सिंह, सानु चौधरी, हर्क बोहरालगायतले रचना वाचन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.