संस्कृतिको जगेर्ना गर्न बाजुरामा देउसी-भैलो कार्यक्रम
बाजुरा। परम्परागत संस्कृतिको जगेर्ना गर्न बाजुरामा देउसी भैलो कार्यक्रम गरिएका छन्। यहाँका ९ वटै स्थानीय तहमा देउसी भलौ कार्यक्रम निरन्तर चलेका हुन्।
तिहार पर्वको अर्को आकर्षकको रुपमा रहेको देउसी-भैलोलाई यहाँका स्थानीयले जगेर्ना गर्दै आएका छन्। स–साना बालबालिका देखि बुढापाखाहरु पनि देउसी भैलोमा रमाएका छन्।
यहाँका हरेक क्लव,किशोरी समूह,बाल समूह,विभिन्न विद्यालयहरुले देउसी भैलो कार्यक्रम खेलेका हुन्। सांस्कृतिक परम्परा जोगाउने तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले देउसी–भैलो खेल्ने परम्परा बाजुरामा यथावत् छ।
देउसी भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा सशक्तीकरणमुखी कार्यक्रमहरूमा खर्च गरिने गरिएको छ। देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन अगाल्दै देउसी भैलो खेल्ने गरिएको बुढिनन्दा नगरपालिकाका स्थानीय अमर कठायतले बताए।
स्थानीय भेषभूषामा किशोरी क्लवबाट देउसी खेलेर बीस हजार बढि रकम संकलन गौमुल गाउँपालिका-१ मा रहेको वडा स्तरीय किशोरी क्लबकी सदस्य एलिसा चँदाराले बताइन्।
कार्तिक १ गतेदेखि वडाको अम्लिस, माडी र दुर्गाली टोलमा देउसी-भैलो खेलेर चन्दा संकलन गरिएको र संकलित चन्दा क्लबको सामाजिक कार्यमा प्रयोग गरिने बताइन्।
बाजुराको त्रिवेणी,बुढिगंगा,खप्तड
छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामिकार्तिक,जगन्नाथ,हिमाली गाउँपालिकाका सबै गाउँ बस्तीमा देउसी भैलो खेल्ने परम्परा छ। यहाँका विभिन्न समुहहरुले परम्परागत मौलिकतालाई हराउँन नदिन देउसी भैलो कार्यक्रम गर्ने गरेका छन्। तिहार सुरु हुनसाथ गाउँका बालबालिका ,युवा देखि वृद्ध वृद्धा सम्मले देउसी-भैलो खेल्ने गरेका छन्।
आधुनिकतासँग जोडिँदै देउसी भैलो
पहिलेको तुलनामा पछिल्लो बर्षहरुमा केही मात्रामा देउसी भैलो आधुनिकतासंग जोडिदै गएको छ। स्थानीयले परम्परागत रुपमै मनाउन हर प्रयास गरे पनि अघिल्लो बर्षहरुका तुलनामा विस्तारै पछिल्ला बर्षहरुमा देउसी खेल्ने तरिका फरक हुँदै गएका छन्।
पछिल्ला वर्ष देउसी-भैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको प्रति समाजको अगुवाहरुको चिन्ता व्यक्त समेत गरेका छन्। परम्परागत संस्कृति जोगाई राखे पनि पहिलेको जस्तो देउसी भैलो खेल्ने परम्परा र मौलिकतामा कमी हुदैँ आएको उनिहरुको भनाइ छ।
पहिले सबैले देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो। हिजो आज र्याप, पप र हिन्दी गीतमा युवायुवतीले देउसी-भैलो खेल्दा संस्कृतिमा धमिलोपन हुने चिन्ता बुढापाखाहरुसंग छ।
परम्परागत देउसी-भैलोलाई आधुनिकताले प्रभावित पारेकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बडीमालिका नगरपालिका ७ का स्थानीय अगुवा हिरालाल पाध्यायको भनाइ छ। बाजुरामा देउसी भैलो कला संस्कृतीको संरक्षण लागि खेल्ने गरेको भए पनि पहिले भन्दा अहिले मौलिकतामा फरक भएको उनको बुझाई छ।
देउसी-भैलो खास गरी बली राजासँग सांस्कृतिक पक्ष जोडिएको मान्यता छ। यमपञ्चक सुरु भएपछि देउसी-भैलो खेल्ने प्रचलन छ। तिहारलाई उज्यालो र देउसी-भैलोको पर्वको भएकाले यसको मौलिक परम्पराका बारेमा पछिल्ला पुस्ताहरुलाई यसको महत्त्वबारे जानकारी दिन आवश्यक रहेको देखिन्छ।







डिसी नेपाल








Facebook Comment