रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी

डिसी नेपाल
५ कार्तिक २०८२ १२:०२
56
Shares

सर्लाही । रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका४, पश्चिम लच्का नजिक आज बिहान करिब सवा सात बजे बागमती प्रदेश०३००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट तिहार मनाउन यात्रु लिएर चन्द्रपुरतर्फ आइरहेको बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा प्रहरी टोली, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको कार्कीले बताए।

आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। यद्यपि, यात्रुहरूले समयमै भागेर ज्यान जोगाएका कारण कुनै मानवीय क्षति हुन सकेको छैन। घटनाका कारण केही समयका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.