मधेस प्रदेशमा छठ पर्वको भोली पल्ट सार्वजनिक बिदा

डिसी नेपाल
७ कार्तिक २०८२ १४:३३
5.5k
Shares

जनकपुर । मधेस प्रदेश सरकारले छठ पर्वको भोली पल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै कात्तिक ११ गते प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।

मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचना अनुसार मधेस प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदा सम्बन्धी सूचनामा छठको अवसरमा थप एक दिन बिदा दिइएको जनाइएको छ।

नेपाल सरकारले भने छठ पर्वको मुख्य दिन कार्तिक १० गत्ते देशभरिमा सार्वजनिक बिदा दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.