तिहारको एक सातामा चितवनमा ६९ दुर्घटना
चितवन। नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन्।
मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए। एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment