मधेस प्रदेशमा छठपर्वका लागि कात्तिक ११ गते पनि सार्वजनिक बिदा

डिसी नेपाल
७ कार्तिक २०८२ १८:४७
100
Shares

महेन्द्रनगर (धनुषा) मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ। प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको हो।

मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचनामा मधेस प्रदेश सरकारद्वारा विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने भनी उल्लेख भएको जानकारी दिए। उनले सोहीअनुसार कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

संघ सरकारले छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार मुलुकभरि सार्वजनिक बिदा दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.