गौशालाको माछा बजारमा शव फेला

डिसी नेपाल
८ कार्तिक २०८२ १६:३४
1.5k
Shares

मटिहानी । गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ। स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। उहाँ केही समय बिरामी रहेको र सोही क्रममा गएराति उहाँको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.