मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

डिसी नेपाल
११ कार्तिक २०८२ १०:५५
52
Shares

काठमाडौं। हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ। हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।

हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिबेला अप्ठेरोमा परेका छन्।

स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ। उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.