लेक लागेर बेहोस भएको व्यक्तिको उद्धार
मनाङ। काठमाडौं महानगरपालिका-३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ।
तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासी लेक लागी बेहोस भएपश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो।
मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भुभाग खोज तथा उद्धार तालिम समेत संचालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment