देउसी भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग
बर्दिया । बर्दियाको बढैयातालमा देउसी भौलो खेलेर क्यान्सर पीडित महिलालाई युवाहरूले आर्थिक सहयोग गरेका छन्। बढैयाताल गाउँपालिका वडा नं ८ पशुपति बजारका युवाहरूले सोही वडाकी क्यान्सर पीडित ४५ वर्षीया रेखा नेपालीलाई सहयोग गरेका हुन्।
भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले नेपालीलाई नगद रु. १० हजार सहयोग उपलब्ध गराएको छ। पित्तथैलीको क्यान्सरबाट पीडित ४५ वर्षीया रेखा नेपालीलाई समूहका सदस्यहरूले वडा सदस्य ममता घर्ती सहित घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।
देउसी भैलो समूहका संयोजक खड्कबहादुर सुनारका अनुसार सांस्कृतिक कार्यक्रमबाट उठेको रकम सहयोगले पीडित परिवारलाई राहत मिलोस् भनेर सहयोग गरिएको बताए। सहयोग प्राप्त गरेपछि पीडितका श्रीमान् लालबहादुर नेपालीले समूह प्रति आभार व्यक्त गर्दै रकम भन्दा पनि सहयोगीहरूको मन ठुलो भएको बताए।
विगतका वर्षमा देउसी भैलो खेलेर जम्मा भएको रकम बनभोज र भ्रमणमा खर्च गरिने गरेमा यस वर्ष भैलोमा प्राप्त भएको रकम क्यान्सर रोग वाट ग्रसित भुमिहिन सुकुम्वासी परिवारका महिला लाई सहयोग गरेको समुहका संयोजक सुनारले बताए।







डिसी नेपाल







Facebook Comment