अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

डिसी नेपाल
१२ कार्तिक २०८२ १९:००
28
Shares

मनाङ । सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो।

सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको प्रयास खुलाउन सफल भएको हो। सडकमा रहेको हिउँ फालिएपछि आजदेखि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले राससलाई जानकारी दिए।

उहाँले भन्नुभयो, “३० किलोमिटर चामे–खाङ्सार सडक खुलाएर सहज बनाइएको छ। मनाङका विभिन्न स्थानमा हिउँले सडक अवरुद्ध भएकामा हटाउन सकिएको छ ।” बाटोमा फसेका पर्यटकको उद्धार गर्दै सडक सञ्चालन गर्न सफल भएको उनले बताए।

तीन वटा एस्काभेटरका साथै सुरक्षाकर्मीको सहयोगमा हिउँ फालेर सडक सञ्चालनमा आएसँगै मनाङ आउने–जाने स्थानीय र पर्यटकलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए। जिल्ला प्रशासनले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.