शक्तिशाली आँधी मेलिसाका कारण ठूलो संख्यामा मानिसहरूको मृत्यु

डिसी नेपाल
१३ कार्तिक २०८२ १२:३९
80
Shares

काठमाडौं । जमैकाको इतिहासको सबैभन्दा शक्तिशाली आँधी मेलिसाले क्यारिबियन टापुमा विनाश मच्चाएको छ। तीव्र हावा र भारी वर्षाले घरहरू र पूर्वाधारहरू ध्वस्त पारेको छ, बाढी आएको छ र दर्जनौंको ज्यान गएको छ।

बुधबार जमैकामा यसको प्रभाव सबैभन्दा बढी देखियो, जब यो श्रेणी ५ को आँधीले सोझै यस क्षेत्रमा प्रहार गर्यो। हैटीमा पनि बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।

जमैकामा धेरै मानिसहरू अझै पनि घरको छानामा फसेका छन् र बिजुली आपूर्ति बन्द छ। अहिलेसम्म कति मानिसको मृत्यु भयो भन्ने यकिन छैन तर ठूलो संख्यमा मानिसहरू मारिएको प्रारम्भिक अनुमान छ ।

प्रधानमन्त्री एन्ड्रयू होल्नेसले देशभरको अवस्थालाई “पूर्ण विनाश” भनेर वर्णन गरे। यस आँधीपछि देशका अधिकांश भागहरू अन्धकारमा डुबेका छन् र फोन सेवाहरू अवरुद्ध भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.