अवैध गोरु तस्करीमा प्रहरीको सफलता, २५ गोरु बरामद

डिसी नेपाल
१३ कार्तिक २०८२ १७:०४
168
Shares

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा अवैध गोरु तस्करीको धन्दा बढिरहेको आशंकाबीच प्रहरीले ठूलो सफलता हासिल गरेको छ।

गतराति हेटौँडा उपमहानगरपालिका वडा नं ३, बस्तीपुरबाट २५ वटा गोरुसहित ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिइएको छ।

पशु निर्देशनालय मकवानपुरका अनुसार, बरामद ट्रक ०२–०३–०१ ख ०७०७ नम्बरको रहेको छ। यस घटनाले हेटौँडामा चलिरहेको तस्करी सञ्जालको गहिराइ थप पुष्टि गरेको छ।

पशु निर्देशनालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले पक्राउ परेका चालक र सहचालकलाई प्रचलित कानुन अनुसार कारबाही गरिने जानकारी दिएका छन।

तर यति ठूलो संख्यामा गोरु लामो दूरीसम्म, सम्भवतः अन्तर्राष्ट्रिय सीमासम्म पु¥याउन प्रहरी प्रशासनभित्र ‘सेटिङ’ भएको आशंका गरिएको छ।
पशु निर्देशनालयले पनि बरामद गरिएको गोरुको संख्या र ट्रकको विवरण पुष्टि गर्दै, अवैध पशु ओसारपसार नियन्त्रण गर्न थप कडाइ गर्नुपर्ने माग गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। विशेषज्ञहरूले अवैध निकासी रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.