तीन जना मृत फेला

डिसी नेपाल
१३ कार्तिक २०८२ १७:५४
2.8k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-४ गैरी टोल बस्ने ४० वर्षीय युवराज ताम्ली आफ्नै घरमा बिहीबारर मृत अवस्थामा फेला परेका छन्।

रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-६ दवाङस्थित खेल मैदान छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

पाँचथरको कुम्मायक गाउँपालिका-४ जरायोटार बस्ने ४३ वर्षीय पदम राज सम्बाहाम्फे आफ्नै घर नजिकै बिहीबार मृत अवस्थामा फेला परेका छन्।

बैतडीको मेलौली नगरपालिका-७ पच्कोरा बस्ने ५५ वर्षीय भिम सिंह रावत सोही नगरपालिका-६ ओईलास्थित भिरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.