नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

डिसी नेपाल
१४ कार्तिक २०८२ १५:३७
4
Shares

काठमाडौं । म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ।

गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली त्यहाँ प्रस्थान गरेको थियो।

उच्च हिमपात, कमजोर ‘भिजिबिलिटी’ तथा सञ्चार कठिनाइका कारण उद्धारमा समस्या भएको थियो। याक खर्कलाई वेश बनाई तीन दिनको अथक प्रयासपछि करिब ४९०० मिटरको बतासेडाँडा इलाकाबाट टोलीले आज फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। फेला परेका पर्यटक संयुक्त उद्धार टोलीसहित जोमसोम फर्कने क्रममा रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.