बीपी राजमार्गमा पहिरो, यातायात खुल्न समय लाग्ने

डिसी नेपाल
१५ कार्तिक २०८२ ११:३१
140
Shares

काभ्रे । अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडक खण्डमा पहिरो गएको छ। पहिरोका कारण सडक अवरुद्ध भएको छ।

कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउनेलगायत स्थानमा लेदोसहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा खस्ने, लेदो सहितको पहिरो झर्दा शुक्रबार बिहानदेखि नै राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। निरन्तर वर्षा भइरहेकाले सडक अवरोध हटाई सडक खुल्न समय लाग्ने उनले बताए। यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.