प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षमा भुपेश जोशी निर्वाचित
धनगढी । कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षमा भुपेश जोशी निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा जोशी १ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
निर्वाचन समितिका अनुसार उनका प्रतिद्वन्द्वी दिर्घराज भट्टले ९६ मत र यज्ञराज हमालले ४८ मत प्राप्त गरेका थिए।
त्यसैगरी उपाध्यक्षमा नरेन्द्रराज शर्मा निर्वाचित भएका छन्। शर्माले १ सय ९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टेकराज भट्टले १ सय १७ मत पाएका छन्।
अध्यक्ष र उपाध्यक्षबाहेकका पदहरूमा सर्वसम्मत चयन भएको समितिले जनाएको छ। सचिवमा धर्मसिं कुँवर, कोषाध्यक्षमा जयराज फुलारा र सह–सचिवमा हेमन्तराज जोशी निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरू पनि सहमतिबाटै चयन भएका हुन्। सदस्यमा शेरसिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा र खिमादेवी ओझा निर्विरोध निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतदानमा ३ सय २५ मत खसेको थियो।







डिसी नेपाल







Facebook Comment