कविता : रोइरहेको नेपाल

शंकरप्रसाद रिजाल
२२ कार्तिक २०८२ ७:१२
132
Shares

मेरो देश आज रोइरहेको छ,
जताततै आन्दोलन चर्किइरहेछ
गोला बारुद पड्किरहेको छ,
धुँवा आकास भरी उडिरहेछ

जनता त्राही त्राही भइ भागिरहेछन्,
के भयो नेपालमा आज भित्र भित्र
आगो बलिरहेछन्,बजार बन्द भइरहेछन्
सिंह दरबार जलिरहेछ, शितल निवास र

भाटभटेनी जलिरहेछन्, संसद भवन, सर्वोच्च
अदालत जलिरहेछन, नेताका घरहरु पालैपालो
जलिरहेछन्, प्रहरी भागिरहेछन्, नेता भागिरहेछन्
नेपाल रोइरहेछ, हिमाल रोइ आँसु बगाइरहेछ,

तराई रोइरहेछ, पहाडमा पहिरो गइरहेछ, बसका
यात्रु बीचमा नै अड्किएका छन्, महँगी बढिरहेछ,
बैंक लुटिइरहेछ, देश आँसुले भरिएको छ, दशैं
गयो, तिहार गयाे, छठपनि गयो, सबैलाई महंगीले

पिरोलिरहेको छ ,के खाने के लाउने र कहाँ बस्ने
जनता सबै दुःखले आँसु बहाई रहेका छन्,
युवा बिदेश पलायन भइरहेका छन्
गणतन्त्रको चारै खुट्टा भाँचिएको छ

धर्म अरुको भइसकेको छ, राजनीतिले
धेरै घाँस खाइसकेको छ, पढे लेखेका
विद्वानहरु युट्यूबमा कराइरहेका छन्,
बिभिन्न आफ्नो मत ओकलीरहेका छन्,

अर्थबिद्, राजनीतिज्ञ र समाजशास्त्री
निरीह बनिसकेका छन्, के भयो नेपालमा आज
सबै रोइरहेका छन्,
मलाई नसोध किन यस्तो भयो भनी

सबै रोएका छन्,म नरोएपनि,
म रुन्न ,म हाँस्छु जस्तो भएपनि
किनकि म रोएर थाकी सकेको छु।
किनकि म रोएर थाकी सकेको छु।

रोएको मनभित्रको आँसु

रोएको मनको आँसु कहाँ बाहिर बग्दछ
थोपा थोपा गरी भित्र हृदयमा लुक्दछ
खुसीको क्षणमा आँसु मोतीसरि बग्दछ
दुःखको समयमा हेर आगो बनी बल्दछ।

रुनेको आँसुको मोल कहाँ छ र विश्वमा
रुने रुने गर्दै गर्छन् हाँस्ने खेल्छन् खेलमा
रुनेको संसार हो यो बालक रोइ बस्दछन्
आमाको दुध चुस्नलाई घरी घरी रुँदछन्।

बच्चा हुर्की सकेपछि खाना खोजी रुँदछन्
छटपटाइ उनै फेरि आमा खोजी हिँडछन्
त्यस्तै प्रेममा छटपटाइ युवा रोइ बस्दछन्
प्रेम बन्धनमा परेपछि रुने पनि उनै नै हुन्।

घरबार सबै बिग्रिएमा सारा परिवार रुँदछन्
आफ्नै कर्मले फेरि अँध्यारो बनी हिँड्दछन्
नाता गोता कुनै मर्दा रोई आँसु बगाउँछन्
कहाँ छ हाँसेको संसार सबै जन्मी मर्दछन्।

रुनेको ब्यथा अर्कै छ हाँस्नेको अलग कथा
मन भित्रको आँसु बग्छ घाउ बल्झेको ब्यथा
रोइ कराई के गर्नु आँसु पोखिन्छ काखमा
रुनुनै एक कर्म भएगयो छैन क्यै अब भाग्यमा।

आँसु सम्झेर मलाई माटो सरी मान्दछन्
कसैले मोती सम्झिँदा कमलको फूल फुल्दछन्
कसैको आँसु झर्दा सबै कठैमात्र भन्दछन्
आँसु पानीको धारा आँखामा किन रसाउँछन्।

नरुनु कसैले संसारबाट लाने छैन कुनै चिज
हाँसे सबचिज मिल्नेछ यो जुनीमा सबैको बिज
हाँसे सबचिज मिल्नेछ योजुनिमा कुनै दिन।

नचिन्ने मान्छे

यहाँ मान्छे मान्छे बीच युद्ध भइरहेछ
यहाँ मान्छे मान्छे बीच कलह भइरहेछ
यहाँ मान्छे मान्छे बीच धनी र गरीब छ
यहाँ मान्छे मान्छे बीच सधैं बैरभाब छ

यहाँ मान्छेले मान्छेलाई चिनेको छैन
विचार, स्वभावमाथि कसैको एकता छैन
अनुहार कसैको कसैसँग मिलेको छैन
जिउडालपनि कसैको कसैसँग मिलेको छैन

रुप मिलेको छैन, रङ मिलेको छैन
काम मिलेको छैन, माम मिलेको छैन
भाग्य मिलेको छैन, मौका मिलेको छैन
सबै कुरा नमिलेको भएरै होला,

यहाँ मान्छेले मान्छेलाई चिनेको छैन
यहाँ मान्छेले मान्छेको भित्र बुझेको छैन
यहाँ मान्छेले मान्छेको मर्म बुझेको छैन
यहाँ मान्छेले मान्छेलाई चिन्न सकेको छैन

उसको गुण दोष आचार र बिचार चिनेको छैन
मान्छे उही हो यहाँ आकार फेरिएको छैन
तर अझै मान्छेले मान्छेलाई चिनेको छैन
किन चिन्नु पर्यो यो मान्छे नचिन्ने देशमा

किन बस्नु पर्यो यो मान्छे नचिन्ने देशमा
किन बस्नु पर्यो यो मान्छे नचिन्ने देशमा

मान्छे नचिन्ने देश

यहाँ मान्छे मान्छे बीच युद्ध भइरहेछ
यहाँ मान्छे मान्छे बीच कलह भइरहेछ
यहाँ मान्छे मान्छे बीच धनी र गरीब छ
यहाँ मान्छे मान्छे बीच सधैं बैरभाब छ

यहाँ मान्छेले मान्छेलाई चिनेको छैन
विचार, स्वभाबमाथि कसैको एकता छैन
अनुहार कसैको कसैसँग मिलेको छैन
जिउडालपनि कसैको कसैसँग मिलेको छैन

रुप मिलेको छैन, रङ मिलेको छैन
काम मिलेको छैन, माम मिलेको छैन
भाग्य मिलेको छैन, मौका मिलेको छैन
सबै कुरा नमिलेको भएरै होला,

यहाँ मान्छेले मान्छेलाई चिनेको छैन
यहाँ मान्छेले मान्छेको भित्र बुझेको छैन
यहाँ मान्छेले मान्छेको मर्म बुझेको छैन
यहाँ मान्छेले मान्छेलाई चिन्न सकेको छैन

उसको गुण दोष आचार र बिचार चिनेको छैन
मान्छे उही हो यहाँ आकार फेरिएको छैन
तर अझै मान्छेले मान्छेलाई चिनेको छैन
किन चिन्नु पर्यो यो मान्छे नचिन्ने देशमा

किन बस्नु पर्यो यो मान्छे नचिन्ने देशमा
किन बस्नु पर्यो यो मान्छे नचिन्ने देशमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.