न्युयोर्कको मेयरको चुनाब जितेपछि ममदानीको ट्रम्पलक्षित कटाक्ष

डिसी नेपाल
१९ कार्तिक २०८२ ११:३३
608
Shares

काठमाडौं । न्यूयोर्कको मेयरको चुनाव जितेपछि जोहरान ममदानीले आफ्नो आधा घण्टा लामो भाषणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए।

“जुन मानिसहरूले उनलाई सफल बनाउन सक्छन्, तिनै मानिसहरूले उनलाई हराउन सक्छन्,” ममदानीले ट्रम्पलाई संकेत गर्दै भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघि जोहरान ममदानीलाई मतदान नगर्न अपील गरेका थिए।

ट्रम्पले भनेका थिए – यदि जोहरान ममदानी मेयर बने भने, उनलाई न्यूयोर्कलाई आर्थिक सहयोग गर्न गाह्रो हुनेछ।

ममदानीले नि:शुल्क बस सेवा, विश्वव्यापी बाल हेरचाह र बढ्दो मुद्रास्फीति नियन्त्रण लगायत आफ्ना सबै चुनावी वाचाहरू पूरा गर्ने बारेमा कुरा गरे।

ट्रम्पले भनेका थिए – यदि वामपन्थी झुकाव राख्ने जोहरान ममदानी न्यूयोर्क शहरको मेयरमा निर्वाचित भए भने, उनलाई संघीय कोष न्यूयोर्कमा पठाउन ‘गाह्रो’ हुनेछ।

एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भने, “राष्ट्रपतिको रूपमा, मलाई न्यूयोर्कमा धेरै पैसा पठाउन गाह्रो हुनेछ, किनकि यदि न्यूयोर्क कम्युनिष्टको हातमा पर्यो भने, त्यहाँ पठाइएको पैसा खेर जानेछ।”

ट्रम्प प्रशासनले विगतमा धेरै पटक डेमोक्र्याटहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा परियोजनाहरूको लागि संघीय कोष घटाउन प्रयास गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.