झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरी बलद्वारा सहयोग रकम हस्तान्तरण

डिसी नेपाल
२० कार्तिक २०८२ १७:३१
32
Shares

सप्तरी । सप्तरीको छिन्मस्ता गाउँपालिका५ स्थित लोखरम मुसहर टोलका झाडापखाला पीडित बचुन सदालाई २६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

उक्त रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्मस्ताका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले उनलाई कार्तिक २० गते हस्तान्तरण गरेका हुन्।

दोलखा जिल्लाको मेलुङ गाउँपालिका४ भेड्पु निवासी रोज गोलेको समन्वयमा सोही ठाउँको शहरे निवासी एस चाईनिज किचनका प्रवन्धक एवं समाजसेवी साङ्यो योन्जन र निजको श्रीमती निमा मोक्तानले उक्त रकम सहयोग गरेका थिए।

नीहरले यसअघि विपन्न तथा जेहेन्दार विद्यार्थी, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयलाई निजी शिक्षकको व्यवस्था, विद्यालयमा खाजा खानको लागि भाडावर्तनको व्यवस्था लगायतका धेरै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आएका छन्।

करिव दुई हप्तादेखि फैलिएको झाडापखालाको कारण उनका ६६ वर्षय बुवा, चार वर्षकी छोरी र एक वर्षको छोराको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.