नेपाली कम्युनिष्ट पार्टी आशाको दियो हो : नेता गजुरेल

डिसी नेपाल
२१ कार्तिक २०८२ ११:१२
28
Shares

नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबाेल गजुरेलले साे पार्टी आशाको दियो भएको बताएका छन् ।

उनलेे नेपाली कम्युनिष्ट पार्टीलाई निभ्न दिनु नहुने बताए । उनले पार्टीप्रति धारे हात नलगाउन पनि आग्रह गरे ।

गजुरेलले विगतमा कम्युनिष्ट आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेर नै प्रचण्ड र मदन भण्डारीहरू कम्युनिष्ट पार्टीको उत्तराधिकारी भएका कुरालाई बिर्सनु नहुने उल्लेख गरे । अबकाे सन्दर्भमा आत्मरति त्याग्दै पार्टीलाई बलियो र विश्वासिलो बनाउनुपर्नेमा उनलेे जाेड दिए ।

‘नकारात्मक मात्र नदेखौं, रचनात्मक आलोचना गरौं, जिम्मेवार बनौं’ उनलेे भने, ‘पार्टीलाई बलियो र विश्वासिलो बनाऔं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.